जीवन बीमा कम्पनीले संकलन गरे ९३ अर्ब १८ करोड खुद बीमाशुल्क, ८ खर्ब रुपैयाँ बढी लगानी

Life insurence companies new business

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२ /८३ को दोस्रो त्रैमाससम्ममा ९३ अर्ब १८ करोड माथि खुद बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीहरुको खुद व्यापार १३ दशमलव ५७ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको यसै अवधिमा यी कम्पनीहरुले ८२ अर्ब ४ करोड खुद बीमाशुल्क संकलन गरेका थिए । दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १५ प्रतिशतले बढी हो ।

कम्पनीले यस अवधिमा २५ अर्ब ५३ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, नेशनल लाइफ इन्स्योेरेन्सले १० अर्ब ७३ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १३ प्रतिशतले बढी हो ।

एलआइसी नेपालले १० अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ८ प्रतिशतले बढी हो ।

यस अवधिमा हिमालयन लाइफले ८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ४ प्रतिशतले बढी हो । राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब २४ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ८ प्रतिशतले बढी हो । सूर्यज्योति लाइफले ५ अर्ब ७१ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १४ प्रतिशतले बढी हो ।

त्यस्तै, एशियन लाइफले ४ अर्ब ६४ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन ११ प्रतिशतले बढी हो ।

यस्तै, सिटिजन लाइफले ३ अर्ब ८८ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन २२ प्रतिशतले बढी हो । सानिमा रिलाइनस लाइफले ३ अर्ब ५५ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १४ प्रतिशतले बढी हो ।

त्यसैगरी आइएमई लाइफले ३ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ भने मेट लाइफले ३ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी, रिलायबल नेपाल लाइफले २ अर्ब ९३ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७७ करोड रुपैयाँ र सन् नेपाल लाइफले २ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});

८ खर्ब रुपैयाँ बढी लगानी

जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्र सवा ८ खर्ब रुपैयाँ बढी लगानी गरेको पाइएको छ ।

दोस्रो त्रैमास (साउन–पुस)सम्म १४ वटा जीवन बीमकले ८ खर्ब २९ अर्ब ५० करोड ६२ लाख रुपैयाँ लगानी गरका छन् । तथ्यांकअनुसार विभिन्न क्षेत्रमा नेपाल लाइफको लगानी सर्वाधिक देखिएको छ । यो कम्पनीले मात्रै २ खर्ब २३ अर्ब १४ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ ।

window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});

लघु जीवन बीमकले कुन क्षेत्रमा कति गरे लगानी ?

तीन लघु जीवन बीमकको विभिन्न क्षेत्रमा ३ अर्ब ३० करोड रुपैयाँ बढी लगानी रहेको देखिएको छ । तथ्यांकअनुसार क्रेस्ट माइक्रो लाइफ, गार्डियन माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ अर्ब ३० करोड ६ लाख रुपैयाँ लगानी गरेका हुन् ।

लघु जीवन बीमकहरुले सर्वाधिक लगानी क वर्गका बैंकहरुको मुद्दति निक्षेपमा गरेको देखिन्छ । यी ३ लघु जीवन बीमकले क वर्गका बैंकहरुमा १ अर्ब ८७ करोड ५ लाख रुपैयाँ लगानी गरेका छन् भने ख वर्गका बैंकहरुको मुद्दतिमा ९ करोड ७५ लाख रुपैयाँ लगानी गरेका छन् । ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गार्डियन माइक्रो लाइफले मात्रै २० लााख रुपैयाँ लगानी गरेको छ ।

यसैगरी यी तीन कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा २८ करोड ३९ लाख रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा गार्डियन र क्रेष्ट माइक्रो लाइफ २ करोड ६७ लाख रुपैयाँ लगानी गरेका छन् ।

सूचिकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिबेञ्चर र ऋणपत्रमा लिबर्टी माइक्रो लाइफले मात्रै ९९ लाख लगानी गरेको छ ।

यता नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा गार्डियन र लिबर्टी माइक्रो लाइफललगानी गरेका छन् । जसमध्ये गार्डियन मायक्रो लाइफले २५ लाख, र लिबर्टी माइक्रो लाइफल ७५ लाख रुपैयाँ लगानी गरेका छन् ।

कुन कम्पनीको लगानी कति ?

सबैभन्दा धेरै लगानी गर्नेमा गार्डियन माइक्रो लाइफ रहेको छ । यो कम्पनीले ८९ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ ।

दोस्रोमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । यो कम्पनीले ८३ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ । लिबर्टी माइक्रो लाइफको लगानी पनि ५६ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार  १० : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।