डोटी-१ मा कांग्रेसका खड्का निर्वाचित


काठमाडौं । डोटी-१ मा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन् । उनी १४ हजार ८९७८ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतको झिनो मतले हराउँदै विजयी भएका हुन् । एमाले उम्मेदवार धामीले १४ हजार ११० मत पाएका छन् ।

डोटीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्रबहादुर खड्काले १३ हजार २६० मत ल्याएका छन् ।

 

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  ११ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।