शेयर बजारमा ६० अंकको गिरावट, ६ अर्ब बढीको शेयर किनबेच

0
Shares

शेयर बजार सूचक मापक नेप्से मंगलबार पुनः ६० अंकले घटेको छ । बिहीबार ४४ र आइतबार ८० अंकको गिरावटपछि सोमबार ४० अंक बढीको सुधार देखिएको बजारले मंगलबार पुनः ओरालो बाटो समातेको हो ।

मंगलबार नेप्सेमा उच्च अंकको गिरावट आएपनि सोमबारको तुलनामा कारोबार रकम भने ४२ करोडले बढेको छ । यसदिन २०८ कम्पनीको १ करोड ३१ लख ६ हजार ७३८ कित्ता शेयर ६४ हजार ७८७ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँ पुगेको छ ।

मंगलबार नेप्से सूचक ५९.७० अंकले घटेर २ हजार ४५५ दशमलव ३३ बिन्दुमा झरेको छ भने ठूला कम्पनीहरु सूचीकृत सेन्सेटिभ इन्डेक्स पनि ९.८० अंकले घटेर ४४३ अंकमा रोकिएको छ ।

शेयर बजारमा उच्च गिरावट आएसँगै मंगलबार मात्रै शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक सूचक बजार पूँजीकरण ८२ अर्ब ३७ करोड रुपैयाँले घटेको छ । सोमबार ३४ खर्ब ६४ अर्ब ३५ करोड रुपैयाँ कुल बजार पूँजीकरण रहेकोमा मंगलबार ३३ खर्ब ८२ अर्ब ८७ करोडमा खुम्चिएको हो ।

साल्ट ट्रेडिङ्ग र चन्दा्गिरी हिल्सको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा यी कम्पनी सूचीकृत ब्यापार र होटल तथा पर्यटनमुलक सूचक मंगलबार रहेका छन् । बाँकी ११ उपसमहुको सूचक ऋणात्मक बनेका छन् । आजको बजारमा जीवन बीमा, उत्पादनमुलक, निर्जीवन बीमा, लघुवित्त, बैंकिङ्ग, विकास बैंक र हाइड्रोपावरको सूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।

यसदिन एशियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २८ करोड २७ लाख रुपैयाँको शेयर खरीद बिक्री हुँदा निफ्रा, नेपाल बैंक, शिखर इन्स्योरेन्स कुमारी बैंक, र नेपाल लाइफको पनि २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-03-02 15:00:00
ALICL 282,694,176.00 1,274.00
NIFRA 258,071,295.00 515.00
NBL 226,926,162.00 443.00
SICL 216,922,727.00 2,730.00
KBL 204,867,146.00 299.00
NLIC 202,366,180.00 2,080.00
NICA 177,935,664.00 880.00
NABIL 170,509,306.00 1,274.00
HDL 165,974,644.00 3,980.00
GBIME 159,071,122.00 438.00

मंगलबारको बजारमा साल्ट ट्रेडिङ्ग र चन्दा्गिरी हिल्सको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा हिमालयन पावर पार्टनरको शेयरमूल्य पनि करिब ९ प्रतिशतले बढेको छ । एनआईडिसिएल, गुडविल फाइनान्स र मेरो माइक्रोफाइनान्सको शेयरमूल्य पनि सामान्य बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-03-02 15:00:00
STC 9,293.00 844.00 9.99
CGH 500.00 45.00 9.89
HPPL 392.00 32.00 8.89
HIDCL 329.00 7.00 2.17
NIBD2082 1,096.00 21.00 1.95
GFCL 264.00 5.00 1.93
MLBLPO 110.00 1.00 0.92
MERO 1,235.00 5.00 0.41
ICFCD83 1,170.00 3.00 0.26
NICAD8283 1,115.00 2.00 0.18

यसदिन नेपाल हाइड्रो डेभलोपर कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले घट्दा कर्पोरेट डेभलपमेन्ट बैंक, र सिनर्जी पावरको शेयरमूल्यमा पनि ६ प्रतिशत धेरैको गिरावट देखा पर्यो ।

साधना लघुवित्त, मन्जुश्री फाइनान्स, लक्ष्मी इक्वीटी फण्ड, मिर्मिरे लघुवित्त, सूर्योदय लघुवित्त, सनराइज फस्ट र स्वाभिमान लघुवित्तको शेयरमा लगानी गरेकाले पनि मंगलबारको बजारबाट ५ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-03-02 15:00:00
NHDL 279.00 -22.00 -7.31
CORBL 670.00 -49.00 -6.82
SPDL 247.00 -17.00 -6.44
SDLBSL 1,348.00 -85.00 -5.93
GMFIL 210.00 -13.00 -5.83
LEMF 10.54 -0.64 -5.72
MMFDB 1,510.00 -90.00 -5.63
SLBS 1,860.00 -110.00 -5.58
SFMF 12.45 -0.73 -5.54
SMFBS 1,853.00 -108.00

-5.51

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १८ फागुन २०७७, मंगलबार  १५ : ५९ बजे