सर्लाहीको मलङ्वामा बेनेली मोटरसाइकलको शोरुम, ५ नयाँ मोडल सार्वजनिक


बेनेली मोटरसाइकलका लागि सर्लाही जिल्लाको अधिकृत बिक्रेता पी एस इन्टरप्राइजेजले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

मलङ्वा, सर्लाहीमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको रहेको विज्ञप्तिमा उल्लेख छ । पि एस इन्टरप्रइजेसले शोरूममा पाँच नयाँ मोडेलका मोटरसाइकल सार्वजनिक गरेको छ । प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा र्पुयाउन बेनेली ब्राण्डका साथै नयाँ शोरुम र सर्भिस सेण्टरले टेवा पुर्याउने अपेक्षा बेनेलीको छ । नयाँ ५ माडलका मोटरसाइकलमा २ वर्षको इञ्जिन वारेन्टी रहेको बताइएको छ ।

पीएस इन्टरप्राइजेजका अनुसार १५० सिसिको बेनेली टीएनटी १५ मोटरसाइकलको बजार मुल्य २ लाख ४७ ह्ज्ँर ५०० रुपैंया तोकिएको छ । त्यसैगरी १५० सिसिको टीएनटी १५० आईको ३ लाख २२ हजार, २५० सिसिको बीएन २५१ को ५ लाख २० हजार, एलइओएनसीआईएनओ २५० र टीआरके २५१ मोडलको बजार मूल्य ६ लाख ३० हजार रुपैंया पर्नेछ ।

बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धक बैदनाथ महतोेको अनुसार उल्लेखित मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो, जसले स्वामित्वको किफायती लागतको साथ प्रीमियम इटालेली अनुभव प्रदान गर्दछ ।

सन् १९११ देखि मोटरसाइकल पारखीका बिचमा अलग पहिचान बनाएको इटलीयन ब्राण्ड बेनेलीको नेपालका लागि अधिकारिक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालि हो । केटीएम इन्टरनेशनलले ३ एस अर्थात सेल्स्, स्पेयर र सर्भिसको सुबिधा नेपालका विभिन्न ठाउँमा सहज किसिमले उपलब्ध गराउँदै आएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।