काठमाडौँ । अघिल्लो साता नेप्से परिसूचक १.६३ अंकले बढेको छ। अघिल्लो साता सार्वजनिक विदा परेको यो सातामा चार दिनमात्र कारोबार भएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार, बुधबार, बिहीबार र शुक्रबार कारोबार भएको हो । चार दिनमा बुधबार र शुक्रबार नेप्से बढ्यो भने सोमबार र बिहीबार घटेको थियो ।
साताभरिको कारोबारमा बजारमा उतारचढाव देखिए पनि सुपर खुदी हाइड्रोपावर, रिलाइन्स स्पिनिङ् मिल्स, सूर्यकुण्ड हाइड्रोपावर, होटल फरेष्ट इन र पाल्पा सिमेन्टको सेयर मूल्य २ कारोबार दिनमा सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो ।
साताभरि बजारमा सबैभन्दा बढी बिहीबार सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको थियो । त्यस्तै, भुगोल इनर्जीको सेयर मूल्य ७.७९ प्रतिशतले घटेको बजारमा भुजुङ्ग हाइड्रोपावरको सेयर मूल्य ७.३९ प्रतिशतले घटेको थियो ।
बुधबार रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ५.६१ प्रतिशतले घटेको थियो भने शुक्रबार एशियन हाइड्रोपावरको सेयर मूल्य ४.५४ प्रतिशतले घटेको थियो ।
कुन दिन कति कायम भयो बजार पूँजीकरण ?
यस साताभरिको कारोबारसँगै कुल बजार पूँजीकरण सामान्य बढेको छ । गत साताको कारोबारको अन्तिम दिन शुक्रबार बजार पूँजीकरण ४८ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको थियो । सोमबार कुल बजार पूँजीकरण ४८ खर्ब ३२ अर्ब रुपैयाँ कायम भएको थियो ।
बुधबार कुल बजार पूँजीकरण ४८ खर्ब ८९ अर्ब रुपैयाँ कायम भएको थियो भने बिहीबार ४८ खर्ब ३१ अर्ब रुपैयाँ कायम भएकोमा शुक्रबार कुल बजार पूँजीकरण ४८ खर्ब ४१ अर्ब रुपैयाँ कायम भएको होे












प्रतिक्रिया