भ्वाइस अफ नेपाल सिजन ३ मा वर्ल्डलिंकको साझेदारी


रियालिटी शो भ्वाइस अफ नेपालका सबै कार्यक्रमहरुमा इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशन र भगिनी संस्थाले साझेदारी गर्ने भएका छन् । वर्ल्ड लिंकका अनुसार वर्ल्डलिंक सहित भगिनी संस्थाहरु नेट टिभि र नेपाली पात्रोले भ्वाइस अफ नेपालको सिजन ३ का सबै कार्यक्रममा साझेदारी गर्ने भएका हुन् ।

हिमालय टीभीले टेलिभिजन लगायत अरु सामाजिक सञ्जालका प्लेटफर्ममार्फत भ्वाइस अफ नेपालको सिजन–३ प्रस्तुत गर्न लागेको छ । भ्वाइस अफ नेपाल भनेको अन्र्तराष्ट्रिय गायन क्षेत्रको रियालिटी सो हो जसलाई नेपाली ढाँचा अनुसार प्रस्तुत गरिन्छ ।

सिजन–३ कार्यक्रमका लागि चाहिने इन्टरनेट वर्ल्डलिंकले उपलब्ध गराउने छ र नेटटीभीले सम्पूर्ण गतिविधिको साझेदारको रुपमा आवद्ध भएको छ । भ्वाइस अफ नेपाल सिजन–३ को अफिसियल ओटीटी साझेदारको रुपमा नेट टीभी एप्स र सामुदायिक साझेदारका रुपमा नेपाली पात्रो रहेको छ ।

‘हामी भ्वाइस अफ नेपाल सिजन–३ को सम्पूर्ण गतिविधिमा आवद्ध हुन पाउँदा खुशी छौ ।’ वर्ल्डलिंक कम्युनिकेशन्स् लिमिटेडका निर्देशक मनोज अग्रवालले भनेका छन्, ‘यो कार्यक्रमले हाम्रो देशका गायन क्षेत्रका प्रतिभाहरुलाई खोज्नु तथा अवसर प्रदान गर्नेछ र हाम्रो उद्देश्य यो कार्यक्रमलाई सहायता गर्नु हो ।’

नेटटीभीले विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम प्रदान गर्दै आइरहेको छ । कार्यक्रम नेटटिभिको आईपीटीभी सेवा जडान गरेका र नेटटीभी एप्सका ग्राहकहरुले हेर्न सक्नेछन् । असम्पादित विशेष प्रस्तुतीकरणहरुको मनोरञ्जन नेटटीभीको एप्समार्फत पनि लिन सकिने विज्ञप्तिमा उल्लेख छ । कार्यक्रमका प्रस्तुतीकरणको कार्यतालिका र यसका अध्यावधिक सूचनाहरु नेपाली पात्रोमार्फत पनि लिन सकिनेछ । शीर्ष प्रतिभाहरुलाई वर्ल्डलिंकले बर्षभरि निःशुल्क इन्टरनेट र आइपीटीभी सेवाहरु उपलब्ध गराउने बताइएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।