काठमाडौँ । साताभरको सेयर कारोबारमा नेप्से परिसूचकमा गिरावट आयो । अघिल्लो शुक्रबार २८३८.३३ बिन्दुमा बन्द भएको बजार यो साताको अन्तिम कारोबार दिन शुक्रबारसम्म आइपुग्दा २७८८.७० बिन्दुमा कायम भयो ।
यो साताको पहिलो दिन सोमबार नेप्से १३.१७ अंकले घटेर २८२५.२३ बिन्दुमा पुगेको थियो । तर त्यसपछि लगातार गिरावट सुरु भयो । मंगलबार १७.८१ अंकले घटेर २८०७.४३ बिन्दुमा झरेको बजार बुधबार पनि २.७५ अंकले घट्दै २८०४.६७ मा सीमित भयो ।
बिहीबार गिरावट अझ तीव्र बन्यो, यस कारोबार दिन नेप्से १७.०१ अंकले घटेर २७८७.६५ बिन्दुमा झ¥यो । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्सेमा सामान्य सुधार आउँदा परिसुचक २७८८.७० बिन्दु कायम भएको छ । चार दिनको निरन्तर गिरावटपछि २८ सयमाथि पुगेको बजार पुनः २७ सयको स्तरमा झरेको छ ।
कुन कम्पनीको सेयर मूल्य कति घट्यो ?
साताभरिको सेयर बजारमा सबैभन्दा बढी सूर्यकुण्ड हाइड्रोपावरको सेयरमूल्य घटेको छ । बिहीबार सूर्यकुण्ड हाइड्रोपावरको सेयर मूल्य ११.७९ प्रतिशतले घटेको थियो ।
बुधबार भने होटल फरेष्ट इनको सेयर मूल्य १०.७५ प्रतिशतले घट्दा एसियन हाइड्रोपावरको सेयर मूल्य ८.३८ प्रतिशतले र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको थियो । त्यस्तै बुधबार सुपरखुदी हाइड्रोपावरको सेयर मूल्य बुधबार ७.७८ प्रतिशत र बिहीबार ७.१७ प्रतिशतले घटेको थियो ।
कुन कम्पनीको सेयरमा देखियो उच्च वृद्धि ?
समग्र सेयर बजारमा गिरावट देखिए पनि साताभरि पाल्पा सिमेन्ट इन्डष्ट्रिज र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य सोमबारदेखि शुक्रबारसम्मको पाँच कारोबार दिनमै १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो ।
त्यस्तै, सूर्यकण्ड हाइड्रोपावरको सेयर मूल्यमा मंगलबार र बुधबार सकारात्मक सर्किट लागेको थियो भने होटल फरेष्ट इनको सेयर मूल्यमा मंगलबार सकारात्मक सर्किट लागेको थियो ।
कुन कम्पनीको कारोबार कति भयो ?
साताभरि सबैभन्दा बढी कारोबार गर्ने कम्पनीको शीर्षस्थानमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ । मंगलबार ३० करोड १९ लाख ४ हजार रुपैयाँको कारोबार गरेको कम्पनीले बुधबार ३२ करोड ७८ लाख ६१ हजार रुपैयाँको कारोबार गरेको थियो ।
यस्तै कम्पनीले बिहीबार ३० करोड ४२ लाख ५२ हजार रुपैयाँको र शुक्रबार २४ करोड ९२ लाख ९७ हजार रुपैयाँको कारोबार गरेको हो । यस्तै सर्वाधिक कारोबार गर्ने कम्पनीको दास्रो स्थानमा रहेको सोलु हाइड्रोपावरले मंगलबार ३७ करोड ७ लाख ३५ हजार रुपैयाँको कारोबार गरेकोमा बुधबार ३१ करोड ६९ लाख ४९ हजार रुपैयाँ, बिहीबार २६ करोड ७ लाख ५२ हजार रुपैयाँको र शुक्रबार २३ करोड ७८ लाख रुपैयाँको कारोबार गरेको हो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार रिढी पावर कम्पनीले २७ करोड ३८ लाख ४७ हजार रुपैयाँको कारोबार गरेको छ ।
साताभर नेप्सेमा आएको उच्च अंकको गिरावटको कारण बजारको आकार ८५ अर्ब रुपैयाँले घटेको छ । अघिल्लो शुक्रबार ४८ खर्ब ४१ अर्ब रहेको कुल बजार पुँजीकरण यो शुक्रबार ४७ खर्ब ५६ अर्ब कायम भएको छ ।
साताको पहिलो कारोबार दिन सोमबार ४८ खर्ब १८ अर्ब कायम भएको बजार पुँजीकरण मंगलबार ४७ खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो । त्यसैगरी बुधबार ४७ खर्ब ८२ अर्ब रुपैयाँ र बिहीबार ४७ खर्ब ५३ अर्ब रुपैयाँ रहेको थियो ।












प्रतिक्रिया