सिडिएससीको कामु प्रमुख कार्यकारीको जिम्मेवारी कञ्चन सापकोटालाई


काठमाण्डौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले गत शुक्रबारदेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा कायममुकायमको जिम्मेवारी दिने निर्णय गरेको छ । सिडिएससी सञ्चालक समितिको बैठकले कम्पनीको प्रशासन तथा मानव संशाधन प्रमुख कञ्चन सापकोटालाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सिडिएससी सञ्चालक समितिको बैठकले कम्पनीको सेवा शर्त विनियमावली २०७५ को दफा ४५ को उपदफा ३ बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा सापकोटालाई कायम मुकायमको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

गत शुक्रबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सञ्चालक समितिलेनेप्सेकी कर्मचारी प्रविन पन्दाकलाई सिडिएससीको सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । नेप्सेको सो निर्णयसँगै सिडिएससीको प्रबन्ध सञ्चालकको जिम्मेवारीबाट पनि पन्दाक मुक्त भएकी थिइन् ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार  १२ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।