काठमाडौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडको सेयर कारोबार सुरु भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो ।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको १३ लाख ७५ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ४१ लाख २५ हजार कित्ता गरी कुल ५५ लाख कित्ता सेयर गत जेठ ८ गते, शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो ।
नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा आज स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। कम्पनीको सेयर केएचपीएल सिम्बोलबाट कारोबार भएको हो ।










प्रतिक्रिया