काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन गरिएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले यस दिन कम्पनीको ९.५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य ५ हजार ४२४ रुपैयाँ ५७ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५ हजार ९३९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।










प्रतिक्रिया