महिला लघुवित्तको नाफा एक करोडले बढ्यो

0
Shares

महिला लघुवित्तले गत आर्थिक बर्षमा खुद नाफा ४८.२५ प्रतिशतले बढाएको छ । अघिल्लो बर्ष २ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले गत आर्थिक बर्षमा ३ करोड ८ लाख रुपैयाँ कमाएको छ ।

हाल ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले जगेडा कोषमा ६ करोड २३ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा लघुवित्तले ४८ करोड २ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको खराव कर्जा अनुपात १.०४ प्रतिशतबाट घटेर ०.६१ प्रतिशतमा झरेको छ ।

२०७५ कार्तिक १ गतेदेखि वित्तीय कारोबार सुरु गरेको यस लघुवित्तले हाल ५० वटा शाखा कार्यलयमार्फत आफ्नो वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । काभ्रेमा केन्द्रिय कार्यलय रहेको लघुवित्तले हालसम्म सर्बसाधारणमा शेयर निष्काशन गरेको छैन ।