काठमाडौँ । कम्पनीको सेयर किनबेच गर्दा खरिदकर्ताले १ प्रतिशतका दरले सेयर हस्तान्तरण शुल्क लाग्ने भएको छ ।
सरकारले कुनै कम्पनीको सेयर किन्दा कारोबार मूल्यको एक प्रतिशत कर उठाउने प्रस्ताव गरेको हो । सरकारले बनाउन लागेको नयाँ कम्पनी ऐन २०८३ को मस्यौदा अनुसार शुल्क उठाउने प्रस्ताव गरिएको हो ।
मस्यौदा ऐनको दफा ८९ का अनुसार २५ लाख रूपैयाँ वा सो भन्दा बढी मूल्यको सेयर हस्तान्तरण वा खरिद बिक्री गरेमा त्यस्तो सेयर विवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख गर्दा त्यस्तो सेयरमा हक प्राप्त गर्ने व्यक्तिले एक प्रतिशतका दरले सेयर हस्तान्तरण शुल्क बुझाउनु पर्नेछ ।










प्रतिक्रिया