रिद्धि सिद्धि सिमेन्टको नुकड नाट्य यात्रा


नाटकका माध्यमबाट दर्शकमा छाप छोड्दै रिद्धि सिद्धि सिमेन्टको आयोजनामा र विजय लक्ष्मी मिडिया फाउन्डेशनको समायोजनमा रिद्धि सिद्धि नुकड नाट्य यात्राको क्रम जारी रहेको छ । प्रदेश नं। २ को ८ वटा जिल्लाका विभिन्न ५० स्थानमा गरिने यो यात्रा अहिले ११ वटा ठाँउमा प्रस्तुत गरिएको छ ।

हालसम्म प्रदेश नं। २ को धनुषा जिल्लास्थित सबैला बजार, गोदार, धनुषाधाम र यदुकुहा बजार, महोतरीको बलबा र जलेश्वर, मटिहानि र पिपरा बजार, सर्लाहीको गोडैता, मलंगवा र होलीको अवसरमा जनकपुरधाममा होली विशेष कार्यक्रम सम्पन्न गरियो ।

यो नाट्य यात्रामा प्रस्तुत गरिएको रिद्धि सिद्धि सिमेन्टको उपयोगिता विषयक नाटकले दर्शक समक्ष लोकप्रियता बटुल्न सफल भएको विज्ञप्तिमा उल्लेख छ । यस नाटकमा प्रस्तुत गरिएको विषयवस्तुको नाटकियतामा दर्शकले मनोरञ्जन लिनुका साथै भौतिक संरचनामा प्रयोग हुने सबभन्दा महत्वपूर्ण पाटो सिमेन्ट प्रयोग गर्दा सचेत रहने विश्वास गर्न सकिन्छ ।

नाटकको नाम पनि सचेत राखिएको छ । यस नाटकमा दर्शकलाई भेला गराउन शुरुमा मैथिली नृत्य, मैथिली लोक गीतहरू प्रस्तुत गरी जनचेतनामूलक कार्यक्रम समापन गरियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।