नयाँ वर्षमा वर्ल्डलिंकले ६२ प्रतिशतसम्म छुट दिने


इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ वर्षलाई लक्षित गरी ‘हर्षको नयाँवर्ष’ नामक अफर ल्याएको छ, ।

कोरोना महामारीले सन्त्रस्त बनाएको २०७७ सालको बिदाइसँगै नयाँ वर्ष २०७८ सालले सुख, समृद्धि र सुस्वास्थ्य ल्याउने आशा सर्वत्र छ । त्यही अपेक्षासाथ वर्ल्डलिंकले ‘हर्षको नववर्ष’ अफर ल्याएको हो ।

अफरमा ग्राहकहरूले १ वर्षको २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिँदा समग्रमा ६२ प्रतिशतसम्म छुट पाउने विज्ञप्तिमा उल्लेख छ ।

यो बाह्रमहिने अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा पनि ग्राहकहरूले बाह्रै महिना नेट टीभीको सेवा निःशुल्क पाउनेछन् । यसमा तीन महिना नेट टीभी प्राइम प्याकेज पनि पाइने बताइएको छ । जसमा फिल्म हेर्न सकिनेछ ।

डुएल ब्यान्ड राउटर सित्तैंमा उपलब्ध गराउने जनाएको कम्पनीले जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटअप बक्स पनि निःशुल्क उपलब्ध गराउने छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।