टाटा मोटर्सका भर्खरै सार्वजनिक भएका मोडलहरुको यस्तो छ फिचर


काठमाडौँ । नेपालमा लागि टाटा मोटर्सका आधाकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले दुई नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ ।

काठमाडौँको भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर टियागो ईभी र टाटले पञ्चको नयाँ संस्करण सार्वजनिक गरेको हो।

नयाँ टियागो ईभीमा ३६० डिग्री दृश्य देखाउने उच्च गुणस्तरको क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको उच्च गुणस्तरको टचस्क्रिन सूचना तथा मनोरञ्जन प्रणाली, ६ वटा एयरब्याग र पछाडिका यात्रुका लागि वातानुकूलित हावा प्रवाह हुने सुविधा छन्।

नयाँ टियागो ईभीको मोटर र ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरमध्ये जुन पहिले पूरा हुन्छ, त्यस अवधिसम्मको वारेन्टी दिइएको छ। त्यस्तै, गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरमध्ये जुन पहिले पूरा हुन्छ, त्यस अवधिसम्मको वारेन्टी उपलब्ध छ।

नयाँ टियागो ईभी अब देहरादुन ड्यु, सोबो सर्ज, डेटोना ग्रे र पाङ्गोङ पल्स गरी चार नयाँ आकर्षक रङमा बजारमा उपलब्ध हुनेछ । टाटा टियागो ईभीको मूल्य ३० लाख देखि ३२ लाख रुपैयाँ रहेको छ।

यस्तै, नयाँ पञ्च ईभीमा ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्प छन्। जसले एकपटकको चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ । पञ्च ईभीमा १९५ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्सको व्यवस्था छ ।

यसमा १.५ सीडीसी फास्ट चार्जिङको सुविधा छ । आवाजबाट सञ्चालन गर्न सकिने विद्युतीय सनरुफ, हर्मनको २६.०३ सेन्टिमिटर उच्च गुणस्तरको सूचना तथा मनोरञ्जन प्रणाली, ३६० डिग्री वरिपरि हेर्न सकिने क्यामरा, ३६६ लिटरको बुट स्पेस र ६ वटा एयरब्याग जस्ता फिचर यसमा छन् ।

यो गाडी बेङ्गाल रोज (रातो), फियरलेस यल्लो, एम्पावर्ड अक्साइड, प्योर ग्रे र प्रिस्टिन ह्वाइट रङमा बजारमा उपलब्ध हुनेछन् । टाटा पन्च ईभीको मूल्य ३२ लाख ९९ हजार देखि ३७ लाख ९९ हजार रूपैयाँसम्म छ ।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार  ०८ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।