काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडको नाफा बढेको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ६३.०५ प्रतिशतले बढी हो ।
बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.९० प्रतिशत घटेर ६ अर्ब २९ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ ।
यता, बैंकको खुद फि तथा कमिशन आम्दानी ६.३३ प्रतिशतले बढेर १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २.१३ प्रतिशतले बढेर ८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ८१.२६ प्रतिशतले बढेर ३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ६८ करोडबाट घटेर ८२ करोड ९३ लाख रुपैयाँमा झरेको छ । बैंकले चौथो त्रैमासको अन्त्यसम्ममा २ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८२ पैसा बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ । गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ५२ करोड ३१ लाख रुपैयाँ रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ५१ पैसा रहेको छ ।
चुक्ता पूँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ३८ करोड ४१ लाख रुपैयाँ सञ्चित छ ।






प्रतिक्रिया