३० प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डमा छ्याङ्दी हाइड्रोको आवेदन


छ्याङदी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले चुक्ता पूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैंयाको ३० प्रतिशतले हुने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो ।

हकप्रद शेयर निष्काशनको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले पाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।