गत कात्तिक १५ गते एनसेलको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका माइकल फोलेले आफ्नो पदबाट राजिनामा दिएका छन् । फोलेले नेपालमा विदेशी लगानीको जाताबरण नभएको कारण जनाउँदै राजिनामा दिएका हुन् ।
असोज अन्तिम साता कम्पनी सञ्चालक समितिले फोलेलाई कात्तिक १५ गतेदेखि कार्यान्वायन हुने गरी फोलेलाई एनसेलको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । कार्यभार सम्हालेको १० महिना पुरा नहुँदै फोलेले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।
एनसेलको अनुमति अवधि, लगानी लगायतका विषयलाई कारण देखाउँदे फालेले रानिजामा दिएका हुन् । उनको राजिनामालाई एनसेल सञ्चालक समितिले झण्डै २ साता लगाएर स्वीकृत गरेको छ । साथै कम्पनी सञ्चालक समितिले अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुन्जेलका लागि कम्पनीका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई अन्तरिम रुपमा व्यवस्थापनको जिम्मेवारी दिने निर्णय गरेको छ ।
कम्पनी सञ्चालक समितिले अन्तरिम व्यवस्था अन्तरगत कम्पनीको लिमिट्स अफ अथुरिटी अन्तरगत प्रमुख कार्यकारी अधिकृतलाई भएको सम्पुर्ण अख्तियारी प्रयोग गर्ने जिम्मेवारी श्रेष्ठलाई दिएको हो ।
कम्पनी सञ्चालक समितिमा बुझाएको राजिनामा भदौ ९ गते स्वीकृत गर्दै कम्पनीले सो सम्बन्धि जानकारी नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणलाई गराएको छ ।
स्माटै टेलिकमको धितो लिलामी प्रकरणमा मुद्धा मामिला चर्किएपछि नेपाल नबस्ने मनस्थितीमा पुगेका फोलेले व्यवसायिक वाताबरण धमिलो नबनाउन सरकारसँग आग्रह समेत गर्दै आएका थिए ।
उनले एनसेललाई थप आधुनिक र विश्व बजारका नयाँ प्रविधिमैत्री बनाएर सेवा प्रवाह गर्न योजनाहरु बनाएका थिए । तर, स्मार्ट सेलको धितो लिलाम प्रकृया गिजोलिएपछिका दिनहरुमा काम गर्ने वाताबरण नभएको मनस्थितीमा उनी पुगेका थिए ।
साथै सरकारले टंकमणी शर्माको प्रतिवेदन सार्वजनिक गरेर नेपालमा विदेशी लगानीको वाताबरण धमिल बनाएको एनसेलले बताउँदै आएको थियो । यो प्रकरणबाट पनि फोले नेपाल छाड्ने निर्णय गरेका हुन् ।





प्रतिक्रिया