कपिलवस्तु र नवलपरासीका २ प्रदेशसभा सदस्यको समर्थन शंकर पोखरेललाई


कपिलवस्तु २ र नवलपरासी बर्दघाट १ का प्रदेश सभा सदस्यले आफुहरुको समर्थन मुख्यमन्त्रीलाई रहेको प्रष्टोक्ती दिएका छन् ।

२०७४ मंसिरमा सम्पन्न निर्वाचनमा आफुहरुले सूर्य चिन्हबाट निर्वाचन जितेको भन्दै कपिलवस्तु २ का प्रदेश सभा सदस्य धर्म बहादुर लाल श्रीबास्तव र नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ का अजय शाहीले आफुहरु नेकपा एमाले प्रदेश सभाप्रति प्रतिबद्ध रहँदै शंकर पोखरेलप्रति समर्थन रहेको बताएका हुन् ।

लुम्बिनी प्रदेश सरकार गठनका दौरान आफुहरुको हस्ताक्षर प्रयोग गरिएकोप्रति उनीहरुले आपत्ति समेत जनाएका छन् ।