बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने

0
Shares

बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । समितिले एक सूचना जारी गर्दै विभिन्न वाणिज्य बैंक तथा विकास बैंकलाई शिलबन्दी प्रस्ताव बुझाउन आह्वान गरेको छ ।

समितिले इच्छुक वाणिज्य बैंक तथा विकास बैंकले अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा/नोक्सान उल्लेख गरी शिलबन्दी प्रस्ताव पेश गर्नुपर्ने उक्त सूचनामा उल्लेख छ ।

साथै, बैंकको निष्कृय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पूँजी पर्याप्तता कोष लगाएका जानकारी खुलाउनुपर्ने समितिले जनाएको छ ।

इच्छुक बैंकहरुले आफुले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी ७ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न अनुरोध गरेको छ ।
समितिले मुद्दती निक्षेपमा लगानी गर्न चाहेको रकम भने उल्लेख गरेको छैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।