जोखिम न्यूनीकरण प्राधिकरणले स्थानिय वासिन्दालाई भन्यो – नारायणीले खतराको तह पार गर्यो सुरक्षित स्थानमा जानुस्


नवलपुर । नारायण नदीले खतराको तह पार गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले सूचना जारी गर्दै नारायणीले खतराको तह पार गरेको जानकारी दिँदै तटीय क्षेत्रका वासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

चितवन, नवलपरासीपूर्व र नवलपरासीपश्चिम लगायत जिल्लाका नदी आसपासका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा सर्न प्राधिकरणले आग्रह गरेको हो । नारायणीले खतराको तह पार गर्दै पानीको बहाव ११ मिटर नाघिसेकेको र १३ मिटरसम्म पुग्न सक्ने प्राधिकरणले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म नारायणीको बहाव ११.४८ मिटर पुगेको छ । नारायणीमा ७.३ मिटरलाई चेतावनी र ९ मिटरलाई खतराको तह मानिन्छ ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।