२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो २२८ जनालाई कारबाही


काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा २२८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ८४, सिसिटिभिमार्फत ३९, रातोबत्तीमा ६ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, हर्न निषेधमा १ जना, अवस्था ठिक नभएको १, एकतर्फिमा २ र अन्यमा ७५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार  ०९ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।