लुम्बिनी जनरलको १०% लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ शेयरधनी ?

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (LGIL) ले जेठ २७ गते शुक्रबार साधारण सभा आह्वान गरेको छ ।

संस्थाको जेठ २ गते आइतबार सम्पन्न सञ्चालक समितिको २२१ ऋौं बैठकले जेठ २७ गते शुक्रबार भर्चुअल माध्यामबाट अपराहन्न ४ बजे सभा बोलाउने निर्णय भएको हो ।

सभाले चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दैछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सञ्चालक समितिको बैठकले जेठ १४ गते शुक्रबार एकदिनका लागि शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ ।

यसअनुसार जेठ १३ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहन आउने शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत ९११ करोड ४१ लाख ८० हजार रुपैयाँ० लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ । ५ करोड ९० लाख ७० हजार बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँ पुग्नेछ ।

त्यसैगरी पूँजी वृद्धि हुने भएपछि कम्पनीको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

सभाले ञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान हिसाब, सञ्चालकको बैठक भत्ता पुनरावलोकन र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने एजेण्डा राखेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।