मकर जितुमाया सुरी हाइड्रोपावरको लाभांश घोषणा


काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १३ प्रतिशत बोनस सेयर रहेको छ भने ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

कार्तिक १६ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार  ११ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।