काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्न बुक क्लोज गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै मंसिर ११ गते एक दिनका लागि बुक क्लोज गरिने जानकारी दिएको हो ।
बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका १४ करोड ९१ लाख ७५ हजार ६६९।२२ कित्ता साधारण सेयरको २ः१ अर्थात् विद्यमान २ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
जसअनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
बुक क्लोजको मितिअनुसार मंसिर ११ गतेभन्दा अघिल्लो कारोबार दिन अर्थात् मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र उक्त हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन्।







