मौद्रिक नीतिको असरः बैंकहरुलाई शेयर खरीदमा गरेको बन्देजले लघुवित्तको शेयरमूल्यमा पहिरो

0
Shares

नेपाल राष्ट्र बैंकले बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर खरीद बिक्रीमा कडाईसँगै बिहीबार लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट देखिएको छ ।

कारोबारको सुरुवाति १५ मिनेट अवधिमा नै लघुवित्तको सूचक ३ प्रतिशतले घटेको छ भने गुमाउने कम्पनीको अग्रस्थानमा अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन् ।

यस अवधिमा गणपति माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक ८ प्रतिशतले घटेको छ भने आरएसडिसी, सपोर्ट लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, सारथी नेपाल लघुवित्त, साधना लघुवित्त, महुली, सबैको, सिभिल, समता, गुुराँस, सामुदायिक, कालिका, वोमी, आरम्भ चौतारी मिथिला, आशा, समीट, मेरो र फरवार्ड लघुवित्तको मूल्य पनि ५ प्रतिशतले घटेको छ । अन्य लघुवित्तको शेयरमूल्यमा पनि नीतिगत असर देखिएको छ ।

केन्द्रीय बैंकले मंगलबार एकीकृत निर्देशनमा संसोधन सहितको सर्कुलर जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई घ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पनि बन्देज लगाएको थियो ।

यसअघि (मिति २०७८।०२।१० सम्म) लगानी गरेका शेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न यस व्यवस्थाले बाधा पुगेको नमानिने केन्द्रीय बैंकले प्रष्ट पारेको छ ।

विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न नपाइने र यसअघि शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री ।विनिवेश गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तै बैंकहरुले गरेको लगानी बिक्रीमा पनि नयाँ व्यवस्था गरिएको छ । अब खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाइने व्यवस्था ल्याइएको हो ।

सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था गरेको हो। अबदेखि बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने व्यवस्था गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।