सानिमा बैंकको मोबाईल बैकिङ्ग एपमा अब रेमिट्यान्स सेवा पनि उपलब्ध

0
Shares

सानिमा बैक ले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । 
 
जस अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुलेआन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन सक्नुहुनेछ ।
 
रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको “सेन्ड रेमिट्यान्स”मार्फत् सोझै नगदवा बैकको खातामाजम्मागर्न मिल्ने दुबै सुबिधा मध्ये एक रोज्न सक्नुहुनेछ । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । 
 
यसका साथै मोबाईल बैकिङ्गएपमा रहेको “रिसिभ रेमिट्यान्स”प्रयोग गरी देश तथाविदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामासंकलनवाप्राप्तगर्न सक्नुहुनेछ । 
 
ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरु मार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नुहुनेछ । सानिमा बैकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई बैकिङ्गको वेभ भर्सनमा पनि उपलब्ध छ ।
 
सानिमा बैकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टरर ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
 
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।