वन परियोजना सञ्चालनको लागि सरकार र कृषि विकास बैंकबीच सम्झौता

0
Shares

विश्व बैकको सहयोगमा नेपाल सरकार र कृषि विकास बैंक विच वन परियोजना सञ्चालनको लागि सम्झौता भएको छ ।
 
नेपाल र अन्तराष्ट्रिय विकास संस्था विश्व बैंक बीच रणनैतिक जलवायु कोष अन्तर्गत समृद्धिका लागि वन परियोजना सञ्चालनको लागि कुल अमेरिकी डलर एक करोड ७९ लाख अमेरिकी डलर २०७७ साल चैत्र ६ गते सम्पन्न भएको ऋण सम्झौताको आधारमा वन तथा वन पैदावर सम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न विनियोजित अमेरिकी डलर साठी लाख बराबर नेपाली मुद्रामा नेपाल सरकारले सहायक ऋणको रुपमा कृषि विकास बैंकलाई उपलब्ध गराउन सम्झौता भएको हो । 
 
उक्त सम्झौतामा नेपाल सरकारका सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख बाबूराम सूवेदीले र  कृषि विकास बैंकका प्रमूख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
 
सम्झौता पश्चात कृषि विकास बैंकले बन तथा वातावरण मन्त्रालय अन्र्तगत रहेको रेड कार्यान्वयन केन्द्रसंग समन्वय गरी प्रदेश २ र लूम्विनी प्रदेशका वन तथा वनजन्य उद्योग व्यवसायिहरुलाई कर्जा उपलब्ध गराउने जनाएको छ । 
 
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।