लक्ष्मी बैंकले २ अर्बको ऋणपत्र जारी गर्ने, ब्याजदर दश प्रतिशत

0
Shares

लक्ष्मी बैंकले दश वर्ष अवधिको  लक्ष्मी बैंक डिबेञ्चर, २०८६ को निष्काशन गर्ने भएको छ । ऋणपत्र निष्काशन गर्न बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धक चयन गरको छ ।

निकट भविष्यमा जारी गर्न लागेको ऋणपत्र निष्काशन सम्बन्धि सम्झौतामा लक्ष्मी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

ऋणपत्रको डिबेञ्चर ट्रष्टीका रुपमा समेत नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ ।

बैंकले १० वर्षका लागि १० प्रतिशत कुपन दर रहेको कूल २ अर्बको ऋणपत्र निश्काशन गर्न लागेको हो। बैंकको हाल कायम रहेको ४० करोडको ऋणपत्र २०७६ माघमा परिपक्व हुँदैछ।

लक्ष्मी बैंकले ४६ जिल्लामा १०१ शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ। यस्तै ५ हस्पिटल सेवा काउन्टर, ११८ एटिएम, दुई हजार ५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु छन्।

सुविधाजनक बचत खाता योजना, मुद्धती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बीमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा पनि आक्रामक रुपमा सेवाविस्तार गर्दै आएको छ।