बुधबार सुनचाँदीको मूल्य घट्यो

0
Shares


बुधबार नेपाली बजारमा सुनको मूलय घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापवाला सुनको भाउ तोलाको ९० हजार ७०० रुपैयाँ , तेजावी ९० हजार २०० रुपैयाँ र चाँदीको भाउ १ हजार २९५ रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँ, तेजावी ९० हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार छापावाला सुन प्रतितोला ६०० रुपैयाँ, तेजावी सुन तोलामा ५५० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेकोले बढेर कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।