एनआईबीएल एस क्यापिटल लिमिटेडलाई कृषि विकास बैंक लिमिटेडले ‘७ वर्षे ६ अर्ब कृषि ऋणपत्र’ का डिबेञ्चर रजिष्ट्रारका लागि नियुक्त गरेको छ।
कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरेको जनाएको छ।
सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तीय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया