अजोड इन्स्योरेन्सद्धारा १ अर्ब २० करोड बीमा शुल्क आर्जन

0
Shares

अजोड इन्स्योरेन्स लिमिटेडले कोरना भाइरस (कोभिड–१९) दोस्रो लहरको माहामारीको विषम परिस्थितिका वावजुत हालसम्म १ अर्ब २० करोड बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले असार २१ गतेसम्म १ लाख २० हजार ७०६ बीमालेख जारी गरी १ अर्ब २० करोड ८३ लाख बीमा शुल्क आर्जन गरेको हो ।
चालु आ.ब.को असार २१ गतेसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब, लगानी १ अर्ब ४७ करोड ३१ लाख र कुल दाबी भुक्तानी ५८ करोड ९७ लाख (कोरोना बीमा दाबी भुक्तानी १२.९७ करोड र अन्य बीमा दाबी भुक्तानी ४६ करोड) रहेको छ ।

कम्पनीले प्रधान कार्यालय सहित सातै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय तथा २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरि जम्मा ४७ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र ७ वटा बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गर्न कम्पनी सक्षम भएको छ भने कम्पनीको सम्पूर्ण कार्यालय र बीमा काउण्टरहरुमा करिब २६७ जना कर्मचारी कार्यरत रहेका छन् ।

फास्ट ट्राक दाबी भुक्तानीबाट २ लाखसम्मको भुक्तानी तत्कालै

कम्पनीले प्रदान गर्ने बीमा सेवालाई छिटो छरितो भरपर्दो र स्तरीय बनाउँदै लैजानका लागि वेप बेस्ड सिस्टम र कम्युटर बिलिङ्गको व्यवस्था गर्नुका साथै दाबी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त एवं पारदर्शी बनाउने उदेश्यले फास्ट ट्राक दाबी भुक्तानी नीति अवलम्वन गरी २ लाखसम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

कम्पनीले इन्टिग्रेटेड एमआईएस सिस्टम, इन्भेष्टमेन्ट सफ्टवेयर, ग्रुप एसएमएस सिस्टम, अजोड चार्ट बोर्ड को शुरुवात गरि सकेको छ । त्यसैगरी डिजिटल पेमेन्ट गेटवेका लागि कम्पनीले आइएमइए पे, प्रभु पे, एनआईसी एशिया फोन पे, सेल पे, खल्ती, इसेवा, पे वेल, कनेक्ट आईपीएस आदि सेवाहरु समेतको शुरुवात गरिसकेको छ ।

कम्पनीले प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्ने लक्ष्य अनुरुप आगामी दिनमा डिजिटल इन्स्योरेन्स पोलेसी जारी गर्ने प्रकृयामा रहेको छ । साथै आगामी दिनमा कम्पनीले बीमा सेवाको पहुँच बढाउनको लागि देशका सुगम देखी दुर्गम क्षेत्रमा समेत आफनो बीमा सेवा विस्तार गर्दै लैजाने लक्ष्य लिएको छ ।

त्यसैगरी ग्राहकहरुको आवश्यकताका आधारमा केही नयाँ बीमालेखहरु पनि प्रचलनमा ल्याउने तयारी गरेको छ ।

तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान

अजोड इन्स्योरेन्स लिमिटेडले असार २१ गते तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ ।

कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सव भब्यरुपमा मनाउन कोरना भाइरस (कोभिड–१९) कारण सम्भव रहेनपनि प्रधान कार्यालय सि.टि.सि.मल सुन्धारामा रक्तदान कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।