आगामी महिना देखि सुनिल पोखरेलले कार्यभार सम्हाल्ने


सिभिल बैंकको डेपुटी प्रमूख कार्यकारी अधिकृतमा नियुक्त भएका सुनिल पोखरेलले जेठ १ गते देखि कार्यभार सम्हाल्ने भएका छन । बैंकको सञ्चालक समितिले रिक्त रहेको डपुटी सिइओको पदमापोखरेललाई नियुक्त गर्ने निर्णयका साथै अफर लेटर पनिउ पलब्ध गराइसकेको छ ।

म्यानमारको एशियाग्रीन डेभलपमेण्ट बैंकमा रिटेल बैंकिगं प्रमुखको रुपमाकार्यरत पोखरेलले सिभिल बैंकमा डेपुटी सिइओको जिम्मेबारीमा आउन लागेका हुन । नोटबजारसंगको कुराकानीमापोखरेलले भने, म म्यानमा नै छु । आगामी साता नेपाल फर्किएर बैंकको जिम्मेवारी सम्हाल्ने छु । पोखरेल कार्यरत म्यानमारको बैंकमा अझै केही जिम्मेवारी पुरा गर्नु बाँकी भएकाले साता बढी समय लाग्ने बताए ।

बिराटनरका स्थायीपोखरेलले नेपाल तथा म्यानमारका बैंकमा गरी २८ वर्षको अनुभव हासिल गरिसकेका छन् । यस क्रममा सन् १९९१ मस्टाण्डर्ड चार्टर्ड बैंकमासिनियर एसिस्टेण्टका रुपमासेवा सुरु गरेका उनले १९ वर्ष सोही बैंकमा बिताएका थिए । चार्टर्डबाट बाहिरिने समयमा पोखरेल ट्रान्जिक्सन शाखामा सिनियर विजनेश डेभलपमेण्ट म्यानेजर थिए ।

त्यसपछि एनआईसि एशिया बैंकमा रिटेल बैंकिगं हेडसँगै चिफम्यानेजर भएर साढे ५ वर्ष काम गरेका थिए । नबिल बैंकमा एसिस्टेण्ट जनरल म्यानेजर तथारिटेल बैंकिगं प्रमुखको रुपमा पोखरेलले एक वर्ष सम्म काम गरिसकेका छन् । सो पश्चात उनी म्यानमारको एशियाग्रीन डेभलपमेण्ट बैंकमाविगत अढाई वर्षदेखि रिटेल बैंकिगं हेडका रुपमा कार्यरत छन् ।

शेयर बजारमा विशेष रुची राख्ने पोखरेलले काठमाण्डू युनिभर्सिटी तथाम्यानमारको जेनेभाविजनेश स्कूलमा भिजिटिगं फ्याकल्टीका रुपमा अध्यापन समेत गराउँदै आएका छन् ।