चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने


निरन्तर नेपाललाई खोप उपलब्ध गराइरहेको उत्तरी छिमेकी चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताएकी हुन् । उनले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी दिएकी हुन् । यस अघि चीलेन नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ।

प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरेका छन्। केही दिनअघि भएको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले आगामी दिनमा नेपाललाई थप खोप सहयोग गर्ने बताएकी थिइन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।