सनराइज बैंकले सगरमाथा इन्स्योरेन्सको ५ लाख कित्ता संस्थापक शेयर बेच्दै

0
Shares

सनराइज बैंकले आफ्नो स्वामित्वमा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकले सगरमाथा इन्स्यरेन्समा रहेकोे ५ लाख ५१२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । बैंकले प्रतिकित्ता ७५६ रुपैयाँ ५५ पैसाका दरले शेयर बिक्री गर्ने भएको हो ।

शेयर खरिद गर्ने इच्छुक कायम संस्थापक शेयरधनीले आज अर्थात साउन ६ गतेबाट ३५ दिन भित्र आवेदन दिनु पर्नेछ । उक्त दिन भित्र संस्थापक शेयरधनीहरुबाट प्राप्त आवेदन नआए सर्वसाधरणमा बिक्री खुलाउने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।