आइसिएफसि फाइनान्स र महानगरीय प्रहरी परिसरबीच सहकार्य

0
Shares

आइसिएफसि. फाइनान्स र महानगरीय प्रहरी परिसर काठमाण्डौं टेकुबीच समुदायिक–प्रहरी साझेदारी कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ ।

जस अन्तर्गत विभिन्न क्रृयाकलापहरु संचालन गर्नको लागि फाइनान्सले सो सँग सम्बन्धित सूचना जानकारी तथा गतिविधि समावेश गरिएको ५०० थान डायरी वितरण गरेको छ ।

आइसिएफसि. फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले महानगरिय प्रहरी परिसर काठमाण्डौंका प्रमुखख पहरी वरिष्ठ उपरिक्षक उत्तम सुवेदीलाई हस्तान्तरण गरे ।