एशियन लाईफ इन्स्योरेन्सको बाह्रौं साधारण सभा सम्पन्न, को-को बने सञ्चालक ?

0
Shares

 

एशियन लाईफ इन्स्योरेन्स (ALICL) को बाह्रौं वार्षिक साधारण सभा बाराको सिमरा स्थित होटल क्लासिकमा २०७८ साल साउन ३१ गते आइतबार सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आ.व.२०७५।०७६ को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ ।
साधारण सभाले आगामी चार वर्षको लागी सञ्चालक समिति सदस्य पदमा संस्थापक शेयरधनीको तर्फबाट ४ जना र साधारण शेयरधनीको तर्फबाट २ जना सर्वसम्मतले निर्वाचित गरेको छ । नवनिर्वाचित संचालकहरुमा संस्थापक शेयरधनीको तर्फबाट दिपक कुमार श्रेष्ठ, सुरेन्द्र कुमार गोयल, सुशान्त चाचान र निष्ठा प्रधानाङ्ग राजभण्डारी निर्वाचित भएका छन् ।

साधारण शेयरधनीहरुको तर्फबाट शौरभ रुंगटा रसजल मास्के निर्वाचित भएका छन् । त्यसैगरी विज्ञ सञ्चालकमा अच्यूत राज सापकोटा चयन भएका छन् ।

२०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको २०७८ साल असार मसान्त सम्ममा २६ अर्ब ४८ करोड ७७ लाखको जीवन बीमा कोष र २४ अर्ब ७२ करोड १५ लाख लगानी तथा कर्जामा रहेकोे छ ।

त्यसैगरी कम्पनीले यो अवधि सम्ममा कूल २९ अर्ब ५३ करोड ७८ लाख बीमाशुल्क आर्जन गरिसकेको छ । कम्पनीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ४२ वटा शाखा तथा १०६ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २३ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

आगामी दिनहरुमा नेपालको ७७ जिल्लाको अधिकांश गाउँहरुमा समेत जीवन बीमाको पहुँच पु¥याई सर्वसुलभ बीमा सेवा प्रदान गर्ने तथा समय सापेक्ष र आकर्षक तथा नयाँ बीमा योजनाहरु ल्याउने कम्पनीको योजना रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।