ह्याकिङको असर : राष्ट्र बैंकले घटायो एटीएम भुक्तानीको सीमा


नेपाल राष्ट्र बैंकले एटीएमबाट हुने भुक्तानीको सीमा घटाएको छ । ह्याकिङ गरी चीनीय नागरिकहरुले एटीएमबाट पैसा चोरे पछि राष्ट्र बैंकले सुरक्षा सतर्कता अपनाउँदै एटीएमबाट हुने भुक्तानीको सीमा घटाएको हो ।

निर्देशिका जारी गर्दै राष्ट्र बैंकले बिहीबारदेखि एटीएमको सीमा घटाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । एटीएम ह्याक बारे अध्ययन गर्न गठीत नेपाल राष्ट्र बैंकका भुक्तानी तथा फछ्र्यौंट विभागका कार्यकारी कार्यकारी निर्देशक बमबहादुर मिश्र संयोजक रहेको कार्यदलको सुझाव अनुसार राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो ।

निर्देशनमार्फत राष्ट्र बैंकले एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ मात्र रकम झिक्न सकिने व्यवस्था गरेको हो । एक लाखको सीमालाई ४० हजार रुपैंयाले कटौती गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार एटीएमबाट एक पटकमा २० हजार रुपैयाँ मात्र झिक्न सक्ेछन् । यस अघि २५ हजार रुपैंयासम्म झिक्न सकिने व्यवस्था गरिएको थियो ।