निर्जिवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सीमा तोकेको प्रति महासंघको आपत्ति

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले बीमा समितिले निर्जिवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सीमा तोकेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समितिले गत असोज ६ गते सबै निर्जिवन बीमा कम्पनीहरूको लागि गैर शुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर जारी गरेको थियो ।

जसले खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्वारा प्रिमियम वृद्धि सोही दरलाई नै न्युनतम सीमा तोकिँदा एकाएक आयोजनाको लागत बढ्न जाने महासंघको भनाई छ ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ/संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रीमियम शुल्क भुक्तानी गरेपनि बीमितले बिमकबाट दाबी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरू राखिएका छन् । यस विषयमा सबै सरोकारवालासँग अविलम्व छलफल गर्न पनि महासंघले माग गरेको छ ।

यसैगरी बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने गरि नियामक निकाय समितिद्वारा निर्जीवन बीमा कम्पनीहरुलाई गैर शुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न महासंघले आग्रह गरेको छ । खुला बजार अर्थ व्यवस्थामा प्रतिष्पर्धाद्वारा मुल्य निर्धारण हुने हुँदा न्युनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ ।

साथै अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवर्द्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघले आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।