काठमाण्डौं महानगरपालिकाको कर कनेक्ट आईपिएस मार्फत गर्न सकिने


स्थानिय सरकारको कर भुक्तानी समेत अनलाईनबाटै गराउने गरी काठमाण्डौं महानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्ट आईपिएस मार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरेको छ । यस सुविधाको लागी काठमाण्डौं महानगरपालिकालाई कनेक्ट आईपिएसमा नबिल बैंक मार्फत आबद्ध गराइएको हो ।

यस सुविधा सँगै करदाताले महानगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्कहरु घरमै बसेर दाखिला गरी प्रारम्भिक मूल्याङ्कन गरी अनलाईन भुक्तानी कनेक्ट आईपिएस मार्फत गर्न सक्ने छन् । योसँगै कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुने भएकोले करदातालाई यस सुविधाले सहज हुने विश्वास गरिएको छ ।

महानगरपालिकाको राजस्व प्रणालीमा करदाताले आफुलाई पायक पर्ने वडा कार्यालय गई एक पटक आफ्नो मोवाईल नम्बर र ईमेल ठेगाना आवद्ध गराउनु पर्ने हुन्छ । यसरी आवद्ध गरी सके पछि करदाताले महानगरपालिकाको वेबसाइट इसर्भिस डट काठमाण्डौं डट गभ डट एनपीमा गइ आफ्नो युजर आईडी तथा पासवर्ड लिएर सोझै विवरण दाखिला गरी रकम भुक्तानीको लागी आफ्नोे बंैक खाताबाट कनेक्ट आईपिएस मार्फत सजिलै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् ।

कनेक्ट आईपिएस प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटफर्म हो, जसमा अनलाइन फण्ड ट्रान्सफर, लगायत नेपाल सरकारको राजस्व भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा शेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल÷कलेज, इन्स्युरेन्स भुक्तानी, जस्ता कारेवारहरु गर्न सकिने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।