खुकुरी रमले प्याकेजिङ परिवर्तन गरी नयाँ प्याकमा आउने


खुकुरी रमले साविकको प्याकेजिङलाई परिमार्जन गरी नयाँ प्याकमा आउने भएको छ । स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गर्न लागेको जनाएको छ ।

आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा नयाँ प्याकेजिङ सहित बजारमा उत्रिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । “यो निर्णय अनुसार चाँडै विश्वस्तरीय नयाँ प्याकसहित बजारमा आउने तयारी समेत तीव्र गतिमा अगाडि बढेको छ” विज्ञप्तिमा भनिएको छ ।
रमको प्याकेजिङ तथा बोटलको लुक्स आकर्षक बनाईएको छ । प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन गरिने छैन । नयाँ प्याकेजिङ सहितको खुकुरी रम तिहार र छठपछि बजारमा उपलब्ध हुनेछ ।
बीस वर्षदेखि ग्राहकको हृदयमा रहेको खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेका छन् ।

हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन हुन लागेको हो । खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षा अनुरुप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरुको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक, नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लामीछानेको छ ।
तयार भई बजारमा आउन लागेको सो नयाँ प्याकेजिङको विषयमा बोल्दै महाप्रबन्धक लामिछानेले भनेका छन्, “हामीले स्थानीयदेखि विश्व बजारको सुविधा तथा चाहनालाई ध्यानमा राखेर खुकुरी रमको नयाँ प्याक डिजाइन गरेका हौं । नयाँ प्याकमा समेत हामीले खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायम राखेका छौँ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिएका छौं ।”
कोभिड १९ संक्रमणको जोखिम कायमै रहेका कारण खुकुरी रमको नयाँ प्याकको अनलाइन लञ्चिङ हुनेछ ।

खुकुरी रम नेपालको रुचाइएको ब्रान्ड हो । यसको गुणस्तर सर्वश्रेष्ठ रहँदै आएको छ । नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी पनि हो । स्थापनाकालदेखि नै खुकुरी रमले ग्राहकहरुको मनमा एकछत्र राज गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।