मालिका गाउँपालिका र बेलबारीमा “युवा सँग-महालक्ष्मी लाईफ” कार्यक्रम सञ्चालन

0
Shares

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कार्तिक १५ गते एकै दिन विभिन्न तीन स्थानमा युवासँग महालक्ष्मी लाईफ, बीमा जागरण कार्यक्रम सञ्चालन गरेको छ ।

इन्स्योरेन्सले मोरङको बेलबारी स्थित बेलबारी अपांग सेवा संघ मोरङको भवनमा सञ्चालित कार्यक्रममा २३ जना अपांङ युवाहरुको सहभागिता रहेको थियो ।

अपाङ सेवा संघका अध्यक्ष भोज बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एजेन्सी मेनेजर तथा बीमा जागरण अभियानका केन्द्रिय सदस्य सरोज पौडेल, एजेन्सी मेनेजर तथा जिल्ला संयोजक खड्ग नारायण उरावले बीमा जागरणको महत्व बारेमा मन्तव्य राखेका थिए ।

कम्पनीका उपक्षेत्रिय प्रमुख हिरा निरौलाले तालिम दिएकी थिइन । कार्यक्रममा नेत्रहिन संघ मोरङका कोषाध्यक्ष संतोष कुमार पंडित तथा शारिरिक अपांग संघ मोरङका उपाध्यक्ष दिनेश कोइरालाको समेत उपस्थिति रहेको थियो ।

म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं. ७ मा रहेको किसानी माध्यमिक विद्यालय बिमका प्लस टु का विद्यार्थीहरुलाई “युवा सँग– महालक्ष्मी लाईफ” कार्यक्रममा सहभागि गराइएको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष हर्कमान जुग्जालीको अध्यक्षतामा संचालित बीमा जागरण कार्यक्रममा ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कम्पनीका कर्मचारी सुनिल पुनले संचालन गरेको कार्यक्रममा शिक्षक केशव शर्माले स्वागत मन्तव्य तथा सर्मिला पुन, विमला लामगादे, कसम सुनार र अभियानका जिल्ला सदस्य निशा गर्वुजाले मन्तव्य राखेका थिए । सहभागि विद्यार्थीहरुलाई कम्पनीका क्षेत्रिय प्रमुख जमुना आचार्यले तालिम प्रदान गरेकी हुन् ।

त्यसैगरी सोही दिन दिउसो किसानी मा.वि. प्राविधिक शिक्षालयमा पनि युवा संग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम संचालन गरिएको छ ।

प्राविधिक क्षेत्रका ८२ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता सोही विद्यालयका संयोजक करण कडेलले गरेका थिए ।
कम्पनीका कर्मचारी सुनिल पुनले संचालन गरेको कार्यक्रमा महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख जमुना आचार्यले बीमा बारेको तालिम प्रदान गरेकी थिइन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।