इलेक्ट्रोनिक्स ब्राण्ड वेबोरको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री केकी अधिकारी, इमाडोलमा नयाँ शोरुम


घरायसी इलेक्ट्रोनिक्स ब्राण्ड वेबोरले अभिनेत्री केकी अधिकारीलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ ।

नेपालमा पछिल्लो समय आफ्नो उत्पादनहरु बिस्तार गरेर ख्याती कमाउँदै गएको इलेक्ट्रोनिक्स ब्राण्ड वेबोर तथा चाङ्गहोङ्गको आधिकारीक बितरक रिद्धि सिद्धि बिनायक टेलिसिस्टमले वेबोरको ब्राण्ड प्रबद्र्धन र ग्राहकहरुलाई आफ्नो उत्पादन प्रति आकर्षित गर्नका लागि अभिनेत्री तथा कलाकार केकी अधिकारीलाई ब्राण्ड एम्बेस्डर बनाएको हो ।

कलाकार अधिकारीले नेपाली बजारमा वेबोरका घरायसी इलेक्ट्रोनिक्स ब्राण्डको बजार प्रबद्र्धन र प्रचारप्रसारमा सहयोग गर्नेछिन् ।

वेबोर ब्राण्डका सामग्रीहरु उच्चस्तरका भएको र ग्राहकहरुको चाहनाअनुसारको डिजाइनमा आएको हुँदा आफू ब्राण्ड एम्बेस्डर भएको उनले बताईन् । वेबोरले नेपाली बजारमा आफ्नो स्थान बढाउँदै जानेमा विश्वस्त भएको भन्दै अभिनेत्री अधिकारीले शुभकामना दिईन् ।

यसैबिच वेबोरले आफ्नो नयाँ आधिकारीक शोरुम ललितपुरको इमाडोल, कृष्ण मन्दिर चोकमा संचालनमा ल्याएको छ । रिद्धि सिद्धि बिनायक टेलिसिस्टमको सो नयाँ आधिकारीक शोरुमको एक कार्यक्रमका बिच अभिनेत्री अधिकारीले उद्घाटन गरिन् ।

नयाँ शोरुममा कम्पनीले वेबोरका स्मार्ट टेलिभिजनहरु, वासिङ मेशिन, रेफ्रिजेरेटर, इण्डक्सन कुकरलगायतका घरायसी सम्पूर्ण सामाग्रीहरु बिक्रीका लागि राखिएको छ । यसका साथै कम्पनीले विश्व प्रसिद्ध चाङ्गहोङ्ग ब्राण्डका एयरकण्डीस्नर तथा कुलरहरु समेत शोरुममा राख्दै आएको छ ।

वेबोरका कर्पोरेट जनरल म्यानेजर उपेन्द्र शाहले ब्राण्ड एम्बेस्डरमा चर्चित कलाकार केकी अधिकारीलाई ल्याउन पाउँदा निकै उत्साहित भएको बताए । ‘चर्चित कलारकारले हाम्रो ब्राण्डलाई थप माथि उठाउन सहयोग गर्नुहुनेछ र हाम्रो उत्पादनको उच्च गुणस्तरको समेत सुनिश्चितता हुनेछ।,’ जनरल म्यानेजर शाहले भने ।

शोरुम उद्घाटनको अवसरमा वेबोरका उत्पादनहरु खरीदमा विशेष छुट तथा उपहार समेत दिएको छ ।

रिद्धि सिद्धि बिनायक टेलिसिस्टमले चालु वर्षभित्रै काठमाडौं उपत्यका र नेपालभर आफ्नो आधिकारीक शोरुमहरु बिस्तार गर्दै जाने योजना लिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।