वोमी र सुर्योदय लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्दान्तिक सहमति


वोमी लघुवित्त वित्तीय र सुर्योदय लघुवित्तलाई मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले शैद्धान्तिक सहमति दिएको छ । गत भदौ १५ गते मर्जरमा जाने सम्झौता गरेका दुई लघुवित्तलाई मर्जरमा जानका लागि शैदान्तिक स्वीकृति दिने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।

गत भदौ १५ गते मंगलबार दुई संस्थाबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको थियो । सहमति अनुसार संयुक्त मर्जर कमिटी गठन गरी आगामी पुस मसान्तसम्म मर्जर प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
संयुक्त मर्जर कमिटीमा वोमी लघुवित्तको तर्फबाट कृष्णराज सिलवाल, नरेन्द्र प्रसाई, र शिवप्रसाद मिश्र तथा सुर्योदयको तर्फबाट अनन्त कुमार श्रेष्ठ, गुडाखर सापकोटा र एक बहादुर गोदार रहने भएका छन् ।

सम्झौता अनुसारदुबै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) अनुसार स्वाप रेसियो तय हुनेछ भने एकीकृत संस्थाको नाम सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था रहने छ ।
सम्झौता अनुसार हाल सुर्योदयका प्रमुख कार्यकारी अधिकृत मर्जरपछि बन्ने संस्थाको प्रमुख कार्यकारी अधिकृते बन्नेछन् भने हाल वोमीका प्रमुख कार्यकारी अधिकृत मर्जरपछि बन्ने संस्थाको डेपुटी प्रमुख कार्यकारी अधिकृत रहने छन् ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको वोमी लघुवित्तको हाल चुक्ता पूँजी ४१ करोड १९ लाख रहेको छ भने स्याङ्जाको पुतलीबजारमा केन्द्रीय कार्यालय रहेको सुर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी छ ।

मर्जर सम्झौता भएसँगै नेपाल स्टक एक्सचेन्जले भदौ १६ गते बुधबारदेखि दुबै संस्थाको शेयर कारोबार रोक्का गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।