एनएलजी इन्स्योरेन्सको बोनस नेप्सेमा सूचीकृत

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) को १० लाख ९६ हजार ३७५ दशमलव ५० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

स्टकका अनुसार एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस बापतको बोनस शेयर सोमबार सूचीकृत गरेको हो ।

कम्पनीको २०७८ साउन २१ गते सोमबार सम्पन्न भएको कम्पनीको १५ औं वार्षिक साधारण सभाबाट २०७७ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश अनुमोदन भएको थियो । सोही बोनस सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।