प्रुडेन्सियल इन्स्योरेन्स र गुराँस लाइफले हकप्रद बेचेर पूँजी जुटाउने

0
Shares

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिले तोके बमोजिमको चुक्ता पुँजी बढाउन हकप्रद शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाएका छन् ।

दुबै कम्पनीले हकप्रद शेयर निष्कासन माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। दुई कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न अनुमति माग गरेका हुन्।

प्रुडेन्सिएल इन्स्योरेन्सले ६० प्रतिशत तथा गुराँस लाइफले शतप्रतिशत हकप्रद बिक्रीको अनुमति मागेको छ ।

प्रुडेन्सिएल इन्स्योरेन्स ले ३८ करोड ४९ लाख रुपैयाँ बराबरको ३८ लाख ४९ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्दै छ। हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके अनुसारकै १ अर्ब २ करोड पुग्नेछ।

गुँरास लाइफको हाल चुक्ता पूँजी ९३ करोड ८५ लाख रुपैयाँ छ । उसले सोही बराबर रकमको ९३ लाख ८५ हजार कित्ता हकप्रद शेयर निष्काशनको गर्नेछ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ८७ करोड रुपैयाँ पुग्नेछ। बीमा समितिले तोकेको २ करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न कम्पनीलाई अझै १३ करोड रुपैयाँ जोहो गर्नुपर्ने देखिन्छ।

दुबै कम्पनीको हकप्रद शेयरमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ।