सिटिजन लाइफ इन्स्योरेन्सका बीमितले प्रतिहजार २५ देखि अधिकतम ७३ रूपैयाँसम्म बोनस पाउने

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स ले आर्थिक वर्ष २०७६।७७ को लागि बोनस दर सार्वजनिक गरेको छ । 

कम्पनीले बीमा समितिबाट मंसिर २६ गते कम्पनीको बीमाङ्कीय प्रतिवेदन स्वीकृत भएपछि उक्त आर्थिक वर्षका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो । 

जसअनुसार कम्पनीले प्रतिवर्ष प्रतिहजार न्यूनतम प्रति हजारमा २५ रूपैयाँ देखि अधिकतम ७३ रूपैयाँसम्म बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । उक्त बोनसदर बीमा योजना र बीमा अवधिका आधारमा २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा लागू हुनेछ ।

कम्पनीले घोषित बीमा दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी र चालु बीमालेखमा लागू हुने जनाएको छ । त्यस्तै, अर्को बीमांकिय मूल्यांकन प्रतिवेदन अनुसार बीमा समितिबाट अर्को व्यवस्था स्वीकृत नभएसम्म सम्पूर्ण दाबीहरूमा सोही बोनस दर कायम हुने कम्पनीले जनाएको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख, सावधिक जीवन बीमालेख, सिटिजन शुभारम्भ योजना (सावधिक) बीमालेख, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेख तथा सावधिक तथा आजीवन बीमालेख गरी विभिन्न पाँच शीर्षकका बीमालेख घोषणा गरेको हो ।

कम्पनीको अग्रमि भुक्तानी सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

यसैगरी सावधिक जीवन बीमा योजनामा प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म र सिटिजजन शुभारम्भ योजना (सावधिक) बीमालेखमा बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३५ रुपैयाँ देखि ७० रुपैयाँसम्म तोकिएको छ ।

यस्तै वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमितले प्रति हजार न्यूनतम २५ रुपैयाँ देखि ३५ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेखमा न्यूनतम ३७ रुपैयाँ देखि ख ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।