अठार हाइड्रोपावर कम्पनीद्धारा सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा

0
Shares

नेप्सेमा सूचीकृत ४७ सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये गत आर्थिक वर्षको नाफाबाट हालसम्म १८ हाइड्रोपावर कम्पनीले सेयरधनीलाई वितरण नगर्ने घोषणा गरेका छन् ।

सेयर बजार बढेको बेला हाइड्रोपावर कम्पनीको सेयरबाट लगानीकर्ताले पूँजीगत लाभ आर्जन गरेपनि कमजोर वित्तीय अवस्था तथा कतिपय कम्पनी निर्माणधीन अवस्थामा रहेका कारण सेयरधनीले लाभांश प्राप्त गर्न नसकेका हुन् ।

गत आवबाट साञ्जेन जलविद्युत, ग्रीन लाइफ, हिमालयन उर्जा विकास, खानीखोला, न्यादी, घलेम्दी, रसुवागढी, तेह्रथुम पावर, माउन्टेन इनर्जी, बरुण, पन्चकन्या माई, युनियन, छ्याङ्दी, माउन्टेन, पाँचथर पावर, मैलुङ्ग खोला, हिमालयन पावर पार्टनर र जोशी हाइड्रोपावरले लाभांश बिना साधारण सभा बोलाइसकेका छन् ।

हालसम्म १३ हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने थप १६ कम्पनीले लाभांश वितरण गर्ने वा नगर्ने टुङ्गो लाग्न बाँकी छ । लाभांश घोषणा गर्न बाँकी रहेका कम्पनीहरुमा धेरैजसो नयाँ कम्पनी छन् भने पुराना कम्पनीहरुमा पनि आर्थिक अवस्था सबल भएका कम्पनीको संख्या न्यून रहेको छ । यस आधारमा हेर्दा गत आवबाट ३० प्रतिशतभन्दा कम संख्याका हाइड्रोपावरले मात्र लगानीकर्तालाई लाभांश वितरण गर्नसक्ने देखिन्छ धने ७० प्रतिशत बराबरको हाइड्रोपावरले लाभांश वितरण गर्ने अवस्था देखिन्न ।

अब युनाइटेड मोदी, राधी विद्युत, युनाइटेड इदिमर्दी, आँखुखोला, दिब्यश्वरी, नेशनल, युनिभर्सल, अपर तामाकोशी, लिवर्टी इनर्जी, शिवश्री, हिमाल दोलखा, सिईडिबि, सिंगटी, साहस उर्जा, सामलिङ्ग पावर र मध्य भोटेकोशी जलविद्युत आयोजनाले लाभांश वितरण गनैृ वा नगर्ने घोषणा गर्न बाँकी रहेको छ ।

लाभांश घोषणा गरेको १३ हाइड्रोपावर कम्पनीमध्ये ९ ओटा कम्पनीले लाभांश पारित समेत गरिसकेका छन् । अपि पावर कम्पनी, अरुण काबेली पावर, ङादी ग्रुप पावर, रुरु जलविद्युत परियोजना, अरुण भ्याली हाइड्रोपावर, रिडी हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, सिनर्जी पावर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनीले साधारण सभाबाट लाभांश पारित गरेका छन् ।

चिलिमे हाइड्रोपावर कम्पनी, बुटवल पावर कम्पनी, नेपाल हाइड्रो डेभलोपर र कालिका पावर कम्पनीको साधारण सभा सम्पन्न हुन बाँकी छ । चिलिमे हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी र नेपाल हाइड्रो डेभलोपरको बुकक्लोज हुन बाँकी रहेकाले यी तीन कम्पनीको सेयर खरीद गर्ने लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १२ पुस २०७८, सोमबार  १७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।