हिमालयन जनरलले ७ करोड १ लाख बोनस बाँड्ने

0
Shares

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले ७ करोड ३१ लाख ७२ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ ।

कम्पनीको पुस २१ गते बुधबार सम्पन्न सञ्चालक समितिको २७३ औं बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ०.३५ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आवको तुलनामा कम्पनीले थोरै बढाएर लाभांश प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७६।७७ बाट कम्पनीले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद गरी ६.७५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट प्रस्तावित उक्त लाभांश बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र सेयरधनीले पाउनेछन् ।

हाल १ अर्ब १० करोड ३ लाख ३६ हजार ७०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनस सेयर वितरणपछि १ अर्ब १७ करोड ३५ लाख ९ हजार ९० रुपैयाँ पूँजी पुग्नेछ ।

यस्ताे छ लाभांश इतिहास:-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2076/2077 3.00 3.75 6.75
2 2075/2076 4.00 3.75 7.75
3 2073/2074 0.00 15.00 15.00
4 2072/2073 20.00 1.05 21.05
5 2071/2072 20.00 1.05 21.05
6 2070/2071 7.00 3.25 10.25

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।