सत्तरी करोड सत्तरी लाखको आईपीओ आउनेः चार कम्पनीले मागे बोर्डसँग बिक्री अनुमति

0
Shares

निकट भविष्यमा सर्वसाधारणहरुलाई सेयर जारी गर्न थप चार हाइड्रोपावर कम्पनीहरुले ७० करोड ७० लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने अनुमित मागेका छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार सुपरमाई हाइड्रोपावर लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेड, इस्टर्न हाइड्रोपावर लिमिटेड र एशियन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनका लागि पूँजीबजारको नियामक निकाय नेपाल धितोत्र बोर्डसँग अनुमति मागेका हुन् ।

बोर्डका अनुसार सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता, सान्जेन जलविद्युत कम्पनी लिमिटेडले स्थानीय बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता, इस्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि १२ लाख ४० हजार कित्ता र एशियन हाइड्रोपावरले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि ११ लाख ८० हजार कित्ता सेयर जारी गर्न अनुमति मागेका हुन् ।

आईपीओ जारी गर्नका लागि सुपरमाई हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडले मंसिर २० गते, इस्टर्न हाइड्रोपावर लिमिटेडले मंसिर २४ गते र एशियन हाइड्रोपावर लिमिटेडले पुस ११ गते निवेदन दिएको बोर्डले जनाएको छ ।

सुपरमाई हाइड्रोपावर लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेडको नागरिक लगानी कोष तथा इस्टर्न हाइड्रोपावर लिमिटेड र एशियन हाइड्रोपावर लिमिटेडको धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएपछि तत्कालीन बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई कार्तिका १ गते सम्पन्न मन्त्रिपरिषदका् बैठकले बर्खास्त गरेको थियो । कार्तिकदेखि धितोपत्र बोर्डको अध्यक्ष नहुँदा सार्वजनिक निष्काशन गर्न अनुमति मागेका अन्य २५ कम्पनीहरु समेत बोडृको पाइपलाइनमा रहेका छन् । यी कम्पनीहरुले ६ अर्ब ८० करोड ७६ लाख ४०० रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न बोर्डको अनुमति कुरिरहेका छन् ।

पछिल्लो समय अनुमति मागेका थप ४ सहित अब २९ कम्पनीहरुको ७ अर्ब ५१ करोड ४६ लाख ४०० रुपैयाँ बराबरको आईपीओ बोर्डको पाइनलाईनमा अनुमतिको पर्खाइमा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ पुस २०७८, बिहिबार  ११ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।